लोकसेवा आयोग ७५ औं वर्षमा प्रवेश

असार १, २०८२
लोकसेवा आयोगले ७५ औं वर्षमा प्रवेश गरेको अवसरमा हीरक महोत्सव मनाएको छ । योग्यता, निश्पक्षता र स्वच्छता, लोकसेवाको प्रतिवद्धता भन्ने मुल नाराका साथ देशभरी रहेका कार्यालयमा हिरक महोत्सव मनाइएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गरेको लोक सेवा आयोगप्रति जनविश्वास प्रबल भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गर्नुभयो । आयोगलाई थप साधनस्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्ने ओलीको भनाइ छ ।