इजरायलमा रहेका नेपालीका लागि हटलाइन सेवा शुरु

असार १, २०८२ | काठमाडौं

इजरायलस्थित नेपाली दुतावासले इजरायल र इरानबीच बढ्दो तनावका कारण आइपर्ने जोखिमलाई मध्यनजर गर्दै नेपालीका लागि हटलाइन सेवा शुरु गरेको छ ।

इजरायलका विभिन्न स्थानमा बसोबास गर्दै आएका नेपालीका लागि सम्पर्क गर्न हटलाइन सेवा शुरु गरिएको हो । दूतावासले सूचनामा नेपालीको सुरक्षा र हितका लागि २४ सै घण्टा हटलाइन खुला रहने जनाएको छ । पछिल्लो समय इरान र इजरायलबीच सिर्जित परिस्थितिका कारण इजरायलमा शैक्षिक संघ संस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द छन् ।

यस्तै दुतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन समेत आग्रह गरेको छ ।  


प्रतिक्रिया