प्रजातान्त्रिक अधिकार संकटमा : सभापति देउवा

फाल्गुन १६, २०७५ | रामेछाप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकार संकटमा पर्दै गएको बताउनु भएको छ । रामेछापको मन्थली नगरपालिकामा नेता टीकाराज आरणको अर्धकदको शालिक अनावरण गर्दै सभापति देउवाले वर्तमान सरकारको कारण प्रजातान्त्रिक अधिकार संकटमा पर्दै गएको बताउनु भएको हो । 

आफूहरुले ७० वर्ष लडेर प्राप्त गरेको उपलब्धी गुम्ने डर रहेको भन्दै उहाँले वर्तमान सरकारले दुई तिहाईको दम्भमा प्रजातान्त्रिक अधिकार विधेयक मार्फत खोस्न प्रपञ्च गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी प्राप्त अधिकारको रक्षाका लागि जस्तो सुकै लडाई र त्याग गर्न चुक्दैनौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शहिदको सपना का“ग्रेसले पूरा गर्ने बताउनुभयो । कांग्रेस नेता आरणलाई २०५७ साल फागुन १६ गते तत्कालीन माओवादी कार्यकर्ताले घरबाटै अपहरण गरी गोली हानी हत्या गरेका थिए । 


प्रतिक्रिया