नेपालमा शल्यक्रिया मार्फत पहिलो पटक लिंग परिवर्तन

जेष्ठ २५, २०८२
त्रिवि शिक्षण अस्पतालले शल्यक्रिया मार्फत पहिलो पटक लिंग परवर्तन गरेको छ । अस्पतालका प्रवक्ता प्राध्यापक डाक्टर गोपाल सेढाइद्वारा जारी विज्ञप्तिमा यसअघि ट्रान्सजेन्डर समुदायको विभिन्न प्रकारका शल्यक्रिया गरेपनि पहिलो पटक लिंग परिवर्तन गरेको जनाइएको छ । जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेण्डरमा गरिएको अपरेशनमा पुरुषको लिंगको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अंगको पुनर्मिाण गरिएको र सो व्यक्तिलाई चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने पनि विज्ञप्तीमा भनिएको छ ।
विदेशी प्लाष्टिक सर्जन डाक्टर कलिरेजा हमीदिन जाहरोमीको नेतृत्वमा प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्राध्यापक डाक्टर जयनमान श्रैष्ठको संयोजकत्वमा सो शल्यक्रिया सम्पन्न भएको विज्ञप्तिमा जनाइएको छ । सेक्स चार्ज अपरेशन ट्रान्सजेन्डर व्यक्तिका लागि लैगिंक पहिचान पूर्ति गर्ने एउटा महत्वपूर्ण उपाय हो । यसअघि यस सुविधाका लागि विदेश जानुपर्ने बाध्यता र धेरै खर्चिलो रहेको भन्दै नेपालमै यो सुविधा उपलब्ध भएसँगै ट्रान्सजेण्डर समुदायलाई रहत मिल्ने पनि अस्पतालले विशवास लिएको छ ।