दुर्घटनामा २ जनाको मृत्यु

असार २१, २०७७ | रुपन्देही

रुपन्देहीको तिलोत्तमामा नगरपालीका १४, टिकुलीगढ स्थित भित्री सडकमा भएको दुर्घटनामा एक जनाको मृत्युभएको छ । भने तीन जना घाइते भएका छन् । 

गएराति लु ५९ प ४७२३ र लु ३ प ७६२६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खांदा दुवै मोटरसाईकलमा सवार ४ जना घाइते भएका थिए । घाइतेमध्ये तिलोत्तमा १४, बागधुराका २५ वर्षीय बलिराम चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ । घाइते तीनै जनाको उपचार भइरहेको छ । 

त्यस्तै: रुपन्देहीको कन्चन खोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । गएराति कन्चन गाउंपालीका १, दानापुरका २६ वर्षीय कुलबहादुर कुंवरको शव सैनौमना ११ मुसरीभाटा स्थित कन्चन नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  


प्रतिक्रिया