जीप दुर्घटना हुँदा रुपन्देहीमा एक जनाको मृत्यु

असार २८, २०७७ | रुपन्देही

रुपन्देहीको कञ्चन गाउँपालिका ५ पिपरी चापाँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । 

दुर्घटनामा तिलोत्तमा नगरपालिका ११, शिवपुरका ३८ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लुम्बिनी फायरलाइन सडक खण्ड अन्तर्गत हरैंयाबाट फायरलाइनतर्फ जादै गरेको बा १५ च ९३८९ नम्बरको स्करपियो जीप हिजो साझ अनियन्त्रित भई सालको रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो ।  


प्रतिक्रिया