कोरोना संक्रमणको जोखिमै कायम रहेपछि विद्यालय सञ्चालन अनिश्चित

श्रावण १२, २०७७ | काठमाडौं

कोभिड १९ भाइरस संक्रमणको जोखिम कायमै रहेकाले विद्यालय खोल्ने मितिमा देखिएको अनिश्चितता कायमै छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तुलसी थपलियाले भदौ १५ देखी विद्यालय खुलाउने बारे छलफल चलेपनि निर्णय भने भई नसकेको बताउनुभयो ।

अधिकांश स्थानमा संक्रमण फैलने क्रम तिव्र हुँदै गएको समय तत्काल विद्यालय खुल्ने संभावना नरहेको महानिर्देशक थपलियाको भनाई छ । यद्यपी संक्रमणको जोखिम न्युन रहेका स्थानीय तहमा भने शैक्षिक संस्था खुलेका छन् । हुम्लाका केही स्थानमा विद्यालय संचालनमा आएका छन् । 

विद्यालय बन्द रहेका अवस्थामा विद्यार्थीको पठनपाठन लागि केन्द्रले दुरशिक्षा कार्यक्रमलाई जारी राख्ने जनाएको छ । त्यस्तै निजी विद्यालयहरुले समेत अनलाईन कक्षा सञ्चालन गरेका छन् । अभिभावकसँग शुल्क उठाउन पाउने विषयमा मन्त्रिपरिषद्बाट निर्णय गरिने शिक्षा मन्त्रालयको आश्वासन पछि संस्थागत विद्यालयले अनलाईन कक्षा सुरु गरेका हुन् ।


प्रतिक्रिया