धरहरा बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने

असार ३१, २०८२
धरहरा अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइने व्यवस्था गरिएको शहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले बताउनुभयो ।
धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुल्ने गरेको छ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढाइएको बताउनुभयो । उहाँका अनुसार सर्वसाधारणको आग्रहपछि धरहरा दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो ।