शाखा प्रमुख घुससहित पक्राउ

असार ३१, २०८२

भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले राउतको साथबाट २४ लाख ५० हजार रकम समेत बरामद गरेको छ । 

मोही तल्सिङको मुद्दा मिलाउन प्रमुखसहितलाई दिनुपर्ने भन्दै घुस लिएका राउतलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।उदयपुरका आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुरका राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ । उनीहरुले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी सो जग्गा मोहीको नाममा जग्गा धनी पुर्जा बनाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया