चीनको सैन्य गतिविधि बढेपछि जापान चिन्तित

असार ३१, २०८२
प्रशान्त महासागर र आफ्नो दक्षिण–पश्चिम तटमा चीनको सैन्य गतिविधि बढेपछि जापान चिन्तित बनेको छ । जापानको रक्षा मन्त्रालयको वार्षिक सैन्य प्रतिवेदनमा वर्तमान परिपेक्षमा चीनको बढ्दो गतिविधिलाई सबैभन्दा ठूलो रणनीतिक चुनौतीको रुपमा संकेत गरिएको छ ।
चीनको रुससँग बढ्दो संयुक्त सैन्य अपरेसन तथा ताइवानको वरिपरि बढ्दो तनाव र उत्तर कोरियाबाट आउने परमाणु धम्कीले जापानमा सुरक्षा चासो बढाएको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय समुदायले दोस्रो विश्व युद्धको समाप्तीपछि सबैभन्दा ठूलो संकटको सामना गरिरहेको प्रतिवेदनले औँल्याएको छ ।
चीन–अमेरिकाबीच चलिरहेको होडबाजीले विश्व शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन ल्याएको प्रतिवेदनले जनाएको छ । जापान अवस्थित हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा चुनौती बढेको र भविष्य झनै विकराल बनेको प्रतिवेदनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।