वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

भाद्र ५, २०७७ | वीरगञ्ज

वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १० रानीघाट निवासी ४८ वर्षीय पुरुषको आज मृत्यु भएको हो । पुराना मुटु रोगी रहेका ती पुरुषको स्वास्थ्य बिग्रिएपछि आफन्तले गत साउन ३१ गते नारायणी अस्पताल पुर्‍याएका थिए । सोही दिन नारायणीको आईसीयूमा भर्ना भएका उनको साउन ३२ मा गरिएको पीसीआर परीक्षण रिपोर्टमा कोरोना पुष्टी भएको थियो । उपचारका क्रममा आज दिउँसो उनको मृत्यु भएको चिकित्सकले जनाएका छन् । 


प्रतिक्रिया