वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु

भाद्र ७, २०७७ | पर्सा

कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा थप एक जना वृद्धाको मृत्यु भएको छ ।

पर्साको बिन्दासनी गाउँपालिका–३ इटियाही निवासी ७० वर्षीया वृद्धाको आईसीयूमा उपचारको क्रममा आइतबार ११ बजेर ४० मिनेटमा मृत्यु भएको हो । 

क्षयरोगको बिरामी रहेकी वृद्धामा श्वासप्रश्वासको समस्या देखिएपछि शनिबार आफन्तले नारायणी अस्पतालमा ल्याएका थिए । 

शनिबार नै उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म पर्साका ३० जना कोरोना संक्रमितको मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया