सिन्धुपाल्चोकमा पहिरोले १७ घर बगायो, एकको शव फेला

भाद्र २८, २०७७ | सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा आइतबार बिहान खसेको पहिरोले नागपुजे, भिरखर्क गाउँका १७ वटा घर बगाएको छ । ३ वटा घरमा क्षति पुर्‍याएको छ । बाह्रबिसे–७ घुम्थाङका वडा सदस्य वीरबहादुर थापाका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए ।

घटनास्थलमा पुगिसकेका इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेका ७ घरका १७ जना बेपत्ताको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एउटा शव भर्खरै फेला परेको छ, पहिचान हुन सकेको छैन । यकिन विवरण भने अझै आइसकेको छैन ।

स्थानीय, आफन्त र सुरक्षाकर्मी सहितको टोली बेपत्ताको खोजीमा जुटिसकेको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक न्यौपानेको नेतृत्वको सुरक्षाकर्मीको टोली बाह्रबिसे–७ कै भिरखर्कमा १० घर बगाएको स्थानमा पैदल पुग्दैछ । 

भिरखर्कमा भने १० घर पुरिएको खबर आएपनि स्थानीय जनप्रतिनिधिसँग सम्पर्क हुन नसकेको र सुरक्षाकर्मी नपुगेको हुनाले यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । 

सम्बन्धित समाचार :

* सिन्धुपाल्चोकमा पहिरोले १७ घर बगायो, एकको शव फेला


प्रतिक्रिया