सिन्धुपाल्चोक पहिरोमा पुरिएर ९ जनाको मृत्यु (अपडेट)

भाद्र २८, २०७७ | सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका—७ घुम्थाङ नागपुजेस्थित फड्के खेतमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । 

नागपुजे र भिरखर्कको पहिरोमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८वर्षीया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक, ६० वर्षीय हिरामाया नेवार र नागपुजेकी ४२ वर्षीय ज्ञानीमाया प्रधान रहेका छन् । 

पहिरोमा पुरिएर बेपत्ता भएका २२ जनाको नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी जारी राखेको छ ।

अविरल वर्षापछि आज बिहान खसेको पहिरोले नागपुजे र भिरखर्क गाउँ नै बगाएको छ । एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका ७ घर र भिरखर्कमा १० घर पुरेको छ भने ३ घरमा क्षति पुर्‍याएको इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेले बताउनुभयो । 

सम्बन्धित समाचार :

* सिन्धुपाल्चोकमा पहिरोले १७ घर बगायो, एकको शव फेला

* सिन्धुपाल्चोक पहिरो : ९ शवको पहिचान, २४ जना अझै बेपत्ता


प्रतिक्रिया