कोरोना संक्रमणबाट वीरगञ्जकी एक महिलाको मृत्यु

भाद्र २९, २०७७ | पर्सा

वीरगञ्जस्थित नारायणी अस्थाई गण्डक कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विगत १६ दिनदेखि उपचाररत वीरगञ्ज महानगरपालिका–१० निवासी ५५ वर्षीया महिलाको मृत्यु भएको हो । 

भदौ १२ गते अस्पताल भर्ना भएकी ती महिलाको आइतबार राति २ बजेर ५५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो । 

डा.चौरसियाका अनुसार संक्रमित महिलाको दुबै फोक्सोमा निमोनिया निको भएर रेसा पलाएको थियो । उनमा श्वासप्रश्वासको समस्या र शरीरमा अक्सिजन समेत नपुगेको अवस्था थियो । 

हालसम्म पर्साका ४३ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   


प्रतिक्रिया