रातो मत्स्येन्द्रनाथको जात्रा सकियो

भाद्र २९, २०७७ | ललितपुर

अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथ जात्रा सम्पन्न भएको विवादकाबीच सम्पन्न छ । सोमबार मत्स्येन्द्रनाथलाई ललितपुरको पुल्चोकस्थित रथबाट ओरालेर सानो खटमा विराजमान गराई चार जना पुजारीले बोकेर बुङमती पुर्‍याएस‘गै जात्रा सम्पन्न भएको हो । मीननाथको रथलाई भने पुल्चोकबाट तानेर ललितपुरको टंगलस्थित उनकै मन्दिरमा पुर्‍याइएको छ ।

प्राय बैशाखमा रथारोहरण भएर ज्येष्ठ पूर्णिमातिर सकिने जात्रा यसवर्ष कोभिड–१९ महामारीको कारण सरोकारवाहरुले समयमै निर्णय लिन नसक्दा तीन महिना ढिला गरी सकिएको हो । केन्द्रीय गुठी संस्थानका प्रवक्ता सरोज थपालियाले जात्रा सञ्चालन गर्न ललितपुर शाखा कार्यालयबाट भएका निर्णय अनुसार काम भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मान्छे खटाउनुपर्ने ठाउ‘मा खटाइदिएका छौं । संस्थानले गर्नुपर्ने सबै काम गरिदिएका छौं । तर, रथ तान्ने/नतान्ने बारेमा संस्थान एक्लैले निर्णय गर्न सक्दैन । त्यहॉका स्थानीय प्रशासन लगायत अन्यको पनि भूमिका हुन्छ ।’ 

रातो मत्स्येन्द्रनाथका मुल ज्योतिषी कीर्तिमदन जोशीले सफलतापूर्वक जात्रा सम्पन्न गर्न नसकेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मत्स्येन्द्रनाथ बुङमती पुगेको चार दिनपछि ‘प्यनु बि:चा:’ भनी विषेश मेला लाग्छ ।’ 

उहॉका अनुसार मत्स्येन्द्रनाथ रथ यात्रा सांस्कृतिक बाजागाजा सहित जात्रा गर्नुसँग मात्र सरोकार छैन । ‘यो ६/६ महिना बुङमती र पाटनस्थित मन्दिरमा राख्ने परम्परा पनि हो,’ उहॉले भन्नुभयो, ‘यस्ता महामारी प्रत्येक २/२ सय वर्षमा एक पटक आइरहेको इतिहास छ । तर, आपत्तविपत निर्मुल गर्न मनाइरहेको जात्राका बारेमा सरोकारवाला गम्भीर नहुँदा समस्या निम्तिएको हो ।’

ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जन भन्नुहुन्छ, ‘मत्स्येन्द्रनाथ जात्रा सम्बन्धि नसोचेको घटना भयो । रथ यात्रा बारेमा सुरुदेखि पहल गरिरहेको हो । तर, कोरोनाको कारणले गर्दा पनि सरोकारवाला निकायले समयमा निर्णय लिन नसकेको हो ।’ यसवर्ष रथ पाटनको कोरबस्ती भित्रको यात्रा, लगनखेलमा नरिवल खसाल्ने र जावलाखेलमा भोटो देखाउन जात्रा रोकिएको थियो । साउन १० गते मत्स्येन्द्रनाथलाई तबहालबाट पुल्चोक पुर्‍याएर त्यहॉ रथारोहण गरिएको थियो । 

तर, रथ यात्रा गर्ने विषयमा सरोकारवाला निकायले महिनौं दिन अनिर्णयको बन्दी बनाएको भन्दै भदौं १८ गते स्थानीय स्वत:स्फुर्त रुपमा बाहिर आएर रथ करीब २ सय मिटर तानेपछि प्रहरीसँग झडप भएको थियो । त्यसपछि भदौं २१ गते सांकेतिक रुपमा १० मिटर रथ तानेर रथयात्रा औपचारिक रुपमा समापन गरिएको थियो । रथ यात्रा गर्न मत्स्येन्द्रनाथका पुजारी, बाराही, यँवाल गुठीयार, धकुले छुट्टाछुट्टै रुपमा क्षमापूजा गरेका थिए । रथमा बाराहीहरुले काठ, यँवालहरुले बेत र धकुले ब्रेक लगाउने गर्छन् ।

पाटनमा रातो मत्स्येन्द्रनाथ जात्रा विषेश गरी चार तवरबाट मनाइन्छ । पहिलो रथ पुल्चोकबाट पाटन गा:बहाल पुगेपछि, त्यहॉबाट सुन्धारा, लगनखेल र जावलाखेल पुगेपछि जात्रा गरिन्छ । पुल्चोक–गा:बहाल रथ यात्रा पहिलो चरणको हो । यो यात्रा स्वर्गलोकको भ्रमण तुल्य मानिन्छ । जुन मत्स्येन्द्रनाथलाई नेपाल ल्याउन भूमिका खेलका काठमाडौंका तान्त्रिक बन्धुदत्त आचाजुको स्मारणमा चलाएको मानिन्छ । 

गा:बहाल– सुन्धारा यात्रा राजा नरेन्द्रदेव राजाको सम्झानमा जात्रा चलाएको मानिन्छ । यस यात्रालाई मत्र्यलोक भ्रमण तुल्य मानिन्छ । सुन्धारादेखि लगनखेलसम्म भने ललित ज्यापू (मत्स्येन्द्रनाथलाई नेपाल ल्याउन रथचक्रको भूमिका खेल्ने किसान) को सम्झानामा जात्रा चलाएको मानिन्छ । 

सम्बन्धित समाचार :
* रातो मत्स्येन्द्रनाथ बुङमती प्रस्थान
* रातो मत्स्येन्द्रनाथको रथ आज दिउँसो तानिने

* रातो मत्स्येन्द्रनाथको रथ धमा: फल्चासम्म पुर्‍याइयो

* रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप

* कोरोनाले लाग्यो जात्रामा ब्रेक


प्रतिक्रिया