मेलम्चीको सुरुङ परीक्षण आज

फाल्गुन १०, २०७७ | काठमाडौं

बहुचर्चित मेलेम्ची खानेपानी आयोजनाको सुरुङमा पानी राखेर परीक्षण गरिने भएको छ । आवश्यक सम्पुर्ण प्राविधिक काम सम्पन्न भएसँगै २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी राखेर परीक्षण गरिने मेलम्ची खानेपानि आयोजना विकास समितिले जनाएको छ ।

गत असारमै सुरुङमा पानी राखेर परीक्षण गरिएपनि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ अम्बाथानस्थित अडिटको मुख्य गेट फुट्दा इन्जिनियरहित दुई जना बगाएको थियो । त्यसपछि बिशेषज्ञ, परामर्शदाताको टोलीले स्थलगत अनुगमन र संरचनाको पुन: जाँच गरी गेट निर्माण गरिएको हो । सुरुङमा पानी परीक्षणका क्रममा विशेष सतकर्ता अपनाइएको पनि आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

सम्भावति दुर्घटनालाई मध्यनजर गरी हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको छ । मेलम्चीखोलादेखि सुन्दरीजलसम्म २६ किलोमिटर सुरुङमा पानी राख्न मात्र १५ देखि २० दिनसम्म लाग्ने उहाँले बताउनुभयो । परीक्षण चरण भएकाले अहिलेनै क्षमताअनुसार पानी नराखिने पनि आयोजनाले जनाएको छ । परीक्षण गर्न करिब दुई महिना लाग्ने र सफलतापुर्वक परीक्षण सम्पन्न भए त्यसपछि सुन्दरीजलमा पानी प्रशोधन गरेर उपत्यकामा बितरण गर्न सुरु गरीने पनि पन्तले जानकारी दिनुभयो । आयोजनाको हेडवक्र्सतर्फ पनि अन्तिम चरणको जडान कार्य भइरहेको आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि ३१ अर्ब लागत अनुमान गरिएकोमा हालसम्म ३० अर्ब खर्च भएको छ । 


प्रतिक्रिया