लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रीमण्डल बिस्तार

वैशाख २२, २०७८ | बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । साथै यसअघि बनेका मन्त्रीको समेत मन्त्रालय हेरफेर भएको छ । सोमबार स्वतन्त्रसहित नेकपा एमालेका ३ जना मन्त्री थपिएका थिए । अब पोखरेलको मन्त्रीमण्डल १० सदस्यीय भएको छ ।

अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । रुपन्देहीका भोजप्रसाद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउनुभएको छ । सूर्य चिन्हबाट स्वतन्त्र उमेदवार बनेका कपिलवस्तुको धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्री परिषद पुर्नगठन तथा कार्यविधाजन गरेको प्रदेश प्रमुखका प्रवक्ता चिरन्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएका हरिप्रसाद रिजाललाई ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ । उता शिक्षा तथा सामाजिक विकास मन्त्रालय पाएकी जनता समाजवादीकी कल्पना पाण्डेले उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाउनुभएको छ । 


प्रतिक्रिया