५२ जना संवैधानिक पदाधिकारी नियुक्तिबारे सर्वोच्चको फैसलामा पूर्व न्यायाधीश फोरमको असन्तुष्टि

असार २६, २०८२ | काठमाडौं
सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिबारे गरेको फैसलालाई लिएर पूर्वन्यायाधीशहरुले असन्तुष्टि जनाएका छन् ।
पूर्व न्यायाधीश फोरम नेपालले विभिन्न ६ बूँदामा असहमति जनाएको हो । फोरमका अध्यक्ष टोपबहादुर सिंहद्वारा जारी विज्ञप्तीमा अदालतबाट भएको फैसलाले कार्यकारिणी निरङ्कुशता बढाउनमा मद्दत पुर्याएको साथै संवैधानिक सर्वोच्चताको मान्यतालाई धराशायी बनाएको उल्लेख छ ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गरेको नियुक्तिलाई सर्वोच्च अदालतले केही दिनअघि सदर गरेको थियो ।