नेपालमा जनसंख्या वितरण असन्तुलितः सरकारी अध्ययन

असार २७, २०८२

नेपालमा जनसंख्या वितरण असन्तुलित हुन थालेको सरकारी अध्ययनले देखाएको छ । प्रजनन्दर घट्दै गएको, जनसंख्या वृद्धिदर घट्दै गएको, युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र बढ्दो आन्तरिक र बाह्य बसाईंसराइले जनसांख्यिकीय चुनौती थपिंदै गएको जनाइएको छ । 

सोही चुनौतीलाई समाधानका लागि सरकारले राष्ट्रिय जनसंख्या नीति २०८२ स्वीकृत समेत गरेको छ । यसबाट नेपालका वर्तमान समयमा देखिएको जनसांख्यिकीय चुनौतीलाई समाधान गर्न यो नीतिले सहयोग पुग्ने सरकारले लक्ष्य लिएको छ । 


प्रतिक्रिया