गण्डक नहरमा भारतले पानी नपठाउँदा तराईका जिल्लामा रोपाईँ प्रभावित

असार २६, २०८२ | काठमाडौं

भारतले सम्झौता अनुसारको परिमाणमा पानी नदिएपछि गण्डक नहर प्रणालीमा आश्रित किसानलाई रोपाईँमा समस्या भएको छ । अधिकांश किसानकोे धानको बिउ तयार गरेपनि नहरमा पानी नआउदा रोपाई गर्न ढिलाई भएको छ । 

बिशेष गरी बारा र रौतहटका किसानलाई रोपाईँमा समस्या भएको छ । नेपाल र भारत बीचको गण्डक सम्झौता अनुसार, नहरमा भारतीय पक्षले ८ सय ५० क्युसेक पानी दिनु पर्नेमा हाल औसतमा ५ सय ५० क्युसेक मात्र पानी दिएको छ ।

 यस बर्ष भारतीय पक्षले निर्धारित समयमै पानी दिएपनि हाल किसानलाई रोपाईँका लागि पानी चाहिएको समयमा भने कम पानी दिएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयका प्रमुख मनोज कुमार पटेलले बताउनुभयो । असार २४ देखि भने सम्झौतालाई उल्लंघन गर्दै पुनः औसतमा ५ सय ५० क्युसेक मात्र पानी भारतले दिएको उहाँको भनाई छ ।  


प्रतिक्रिया