साफ अन्डर ट्वेन्टी महिला च्याम्पियनसिपः नेपालले आज भुटानसँग खेल्दै

असार २७, २०८२

साफ अन्डर ट्वेन्टी महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशको बसुन्धारा किङ्गस अरिनामा खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुने छ । जारी प्रतियोगितामा भारत भने सहभागी छैन । 

प्रिम्याच प्रेस कन्फरेन्समा नेपाली टिमकी कप्तान बिर्सना चौधरीले सहभागी सबै टिम उत्कृष्ट रहेको बताइन् । दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३–० ले पराजित भएपछि यो वर्ष च्यम्पियन बन्ने लक्ष्यका साथ नेपाल मैदान उत्रने लक्ष्यमा छ । 

 पछिल्लो समय महिला साफमा बंगलादेश र नेपाल धेरै पटक फाइनलमा प्रतिष्पर्धा गरेका छन् । यस पटक पनि नेपालले आफ्नो मुख्य प्रतिद्वन्द्वी बंगलादेशलाई नै मानेको छ । नेपालले आफ्नो दोस्रो खेलमा २९ गते बंगलादेश र ३१ गते श्रीलंकाको सामना गर्नेछ ।


प्रतिक्रिया