लुम्बिनी प्रदेशका ३ जना मन्त्रीले लिए शपथ

वैशाख २२, २०७८ | रुपन्देही

लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन जना मन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुर लाल श्रीवास्तवलाई शपथ खुवाउनु भएको हो । 

मुुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उहाँहरुलाई मंगलबार साँझ मन्त्रीमा नियुक्ति गरिएको थियो । योसँगै लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।


प्रतिक्रिया