माओवादीका जिल्ला कमिटी सदस्य पाण्डेमाथि गोली प्रहार

जेष्ठ ६, २०७८ | कपिलवस्तु

नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि करीब ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 

पाण्डेको पेट र कम्मरको बायाँ भागमा दुई वटा गोली लागेको छ । पाण्डेसँगै मोटरसाईकलमा सवार भारतीय नागरिक ईराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ । 

पाण्डे सहित एउटा मोटरसाईकलमा ३ जना तौलिहवा तिर जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाईकलमा सवार ३ जनाले गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । 

घाईते पाण्डेलाई उपचारका लागि डीएसपी धर्मराज भण्डारीले बुटवल लगेका थिए । त्यहाँ भर्ना नलिएपछि बिहीबार बिहान भैरहवास्थित मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको माओवादी केन्द्रका जिल्ला सचिव विष्णु साहले बताउनुभयो । 


प्रतिक्रिया