गोली प्रहारबाट घाईते माओवादी नेताको मृत्यु

जेष्ठ ११, २०७८ | कपिलवस्तु

गत बुधवार गोली प्रहारबाट घाइते भएका नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य दिपक पाण्डेको उपचारका क्रममा गए राति मृत्यु भएको छ । पाण्डेको काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

 पाण्डेलाई थप उपचारको लागि हिजै साँझ हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । पाण्डेलाई गत बुधबार राति ११ बजे कपिलवस्तु नगरपालिका वडा नं ३ सडवामा दुई गोली प्रहार गरिएको थियो । गोली प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । एक जना फरार छन् । 


प्रतिक्रिया