पछिल्लो २४ घण्टामा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन १०, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७ सय ३० र ५ हजार १ सय ४७ एन्टीजेन परीक्षणबाट १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १ हजार २ सय ७९ जना संक्रमणमुक्र भएका छन् । 

पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको मनत्रालयले जनाएको छ । यो संगै नेपालमा ११ हजार ९६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । ३ सय ६८ जना आइसीयू र १ सय २० जना भेन्टिलेटरमा उपचारत छन् । मन्त्रालयका अनुसार मूलुकमा सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२ रहेको छ । 


प्रतिक्रिया