लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बिस्तार

आश्विन २४, २०७८ | रुपन्देही

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् बिस्तार गर्नु भएको छ । मुख्यमन्त्री केसीले आज ६ मन्त्री र ४ जना राज्यमन्त्री नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् बिस्तार गर्नु भएको हो । 

नवनियुक्त सबै मन्त्रीहरुले आजै रुपन्देहीस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित एक समारोहमा पद तथा गोपनियताको शपथ लिएका छन् । ६ जना मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले र ४ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री केसीले शपथ खुवाउनु भएको थियो । 

कांग्रेस, माओवादी, जसपाको गठबन्धनबाट गत साउन २८ मा ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । 

लुम्बिनीमा कांग्रेसका ४ मन्त्री र २ राज्यमन्त्री, माओवादी केन्द्रको मुख्यमन्त्री सहित ४ मन्त्री र २ राज्यमन्त्री, जनता समाजवादी पार्टी (जसपा)का ३ मन्त्री, नेकपा एकीकृत समाजवादीका एक मन्त्री र एक स्वतन्त्र सांसद पनि मन्त्रीमा नियुक्त भएका छन् । 


प्रतिक्रिया