रौतहटमा जिप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो (अपडेट)
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2021/third-party/Accident1-1640691213.jpg&w=700&height=600)
पुस १३, २०७८ | रौतहट
रौतहटको गरुडा नगरपालिका–१ स्थित जयनगर सडकखण्डमा भारतीय नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
दुर्घटनामा गढीमाइ नगरपालिका–३ का १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारुफ मिया अन्सारी र २५ वर्षीय सेख छोटुको मृत्यु भएको हो । एक जनाको सनाखत हुन बाँकी छ ।
जन्ती लिएर जाँदै गरेको जिप तीब्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताउनुभयो ।
प्रहरीका अनुसार गाडीमा सवार ८ मध्ये ५ जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइते ३ जनाको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।