मौन अवधिमा दाहाल माडी गएपछि चितवन एमालेको आपत्ति

वैशाख २९, २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन माडीमा पुगेर मतदातालाई भेटेपछि मौन अवधिमा आचारसंहिता उल्लंघन भएको भन्दै एमालेको चितवन जिल्ला कमिटीले आपत्ति जनाएको छ । 

चितवन एमालेले प्रेस विज्ञप्ती निकालेर माओवादी अध्यक्ष दाहालसहित चितवनमा मन्त्री उमा रेग्मी र किसान श्रेष्ठ तथा राज्यमन्त्री उमेश श्रेष्ठले पनि मौन अवधिको पालना नगरेर भेटघाटलाई तिब्रता दिएको आरोप लगाएको छ । एमालेले दाहालसहित मन्त्रीहरूको गतिविधि छानबिन गर्दै भरतपुर र माडीमा सत्तारुढ गठबन्धनको उम्मेदवारी रद्द गर्न निर्वाचन आयोगसंँग माग गरेको छ । 


प्रतिक्रिया