संखुवासभामा सकियो मतदान, २ दिन पछि गणना हुने

मंसिर ४, २०७९ | संखुवासभा

संखुवासभामा करिव ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख रामेश्वर निरौलाका अनुसार यो प्रारम्भिक विवरण हो, अन्तिम विवरण आउन केही समय लाग्ने छ । 

१ सय ८ मतदान स्थलका १ सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको उनले बताए । मतगणनाका लागि निर्वाचन आयोगले मतगणना स्थलमा आवश्यकता अनुसार स्रोत साधन व्यवस्थापन गरिसकेको छ ।

 जिल्लाभरका मतपेटीका संकलन भएपछि मतगणना भने २ दिन पछिमात्रै गरिेने छ । संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् । 


प्रतिक्रिया