बुटवलका डीएसपी ठगबहादुरलाई निलम्बन सिफारिस

पुस १२, २०७९ | बुटवल

प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बनका लागि गृहमन्त्रालयमा सिफारिस गरेको छ ।

 शक्तिको आडमा गलत धन्दामा सक्रिय भएको पाइएपछि डीएसपी केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति निवासबाटै नियन्त्रणमा लिएको थियो । उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको थियो । 

जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी हिजो बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा गरेका थिए । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीका आधारमा सीआईबीले छानबिन गरेको थियो ।

 डीएसपी केसी यसअघि पनि विभिन्न समय विवादमा मुछिदै आएका थिए ।  


प्रतिक्रिया