मधेश प्रदेशका प्रदेश प्रमुखले गराए जेष्ठ सांसदलाई सपथ

पुस १४, २०७९

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जेष्ठ प्रदेश सांसद गोबिन्द न्यौपानेलाई पद तथा गोपनियताको सपथ गराउनु भएको छ । सप्तरी निर्वाचन क्षेत्र ४(१) बाट निर्वाचित प्रदेश सभाका जेष्ठ सदस्य न्यौपाने नेकपा एकिकृत समाजवादी पार्टीका प्रदेश सांसद हुनुहुन्छ । न्यौपानेले भोलि १ सय ६ जना प्रदेश सांसदलाई सपथ गराउनु हुनेछ । 

मधेस प्रदेशमा १ सय ७ प्रदेश सांसद छन् । एमालेका २३, नेपाली काग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा ९, माओवादीका ८, नेकपा एसका ७, नेपाल संघिय समाजवादी पार्टीका १, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र नागरिक उन्मुक्ति पार्टीका १ गरी १० दल र स्वतन्त्र ६ जना सांसदलाई सपथ गराउने तयारी भइरहेको प्रदेश सभा संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया