मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

माघ ४, २०७९ | धनुषा

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट मुख्मन्त्री बनेका यादवले बुधबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्नु भएको हो । 

मुख्यमन्त्री यादवको पक्षमा १०२ जना सांसदले मत दिएका थिए । विपक्षमा कुनै पनि मत परेको थिएन । प्रदेश सभाका १० राजनीति दल र स्वतन्त्र सांसदहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् । 

मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक पर्छ । मधेश प्रदेशमा १०७ जना प्रदेश सांसद छन् । माओवादीका २ जना सांसदलाई अदालतले शपथ रोकेको छ । 

जसपाबाट मुख्यमन्त्री भएका यादवलाई प्रदेश सभाको ठूलो दल एमाले, दोस्रो ठूलो दल काग्रेस, जनमत, लोसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समेत विश्वातको मत दिएको छ । 


प्रतिक्रिया