उपत्यका बाहिर जाने सवारी नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

जेष्ठ १९, २०८० | काठमाडौं

आगामी असार १ गतेबाट काठमाडौं उपत्यका बाहिर जाने लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधान गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चाल गर्नुपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जथाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेकाले सो व्यवस्था गरिएको जनाएको छ ।

यस्तै महानगरपालिकाले नयाँ बसपार्क बाहिर रहेका स्थानमा टिकट काउन्टर नराख्न समेत आग्रह यातायात व्यवसायीलाई आग्रह गरेको छ । यसैबीच काठमाडौं हुँदै धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनलाई समेत कलंकीदेखि जडिबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ ।

सूचनाको अटेरी गरे असार ट्राफिक प्रहरीसँग समन्वयमा महानगर प्रहरीले कारबाही गर्ने महानगरको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया