प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किदै

जेष्ठ २०, २०८० | काठमाडौं

भारतको ४ दिने औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किदै हुनुहुन्छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा गत १७ गते दिल्ली गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किन लाग्नुभएको हो ।

भारत भ्रमणका क्रममा दुई मुलुकबीच नेपाल भारत पारवहन सन्धी नविकरण , डिजीटल भुक्तानी कारोबार, पेट्रोलियम पूर्वाधार क्षेत्रमा सहकार्य लगायतका विभिन्न ७ वटा सम्झौता भएको थियो । यस्तै ऊर्जामा दिर्घकालिन सम्झौता एवं भारतको बाटो भएर बंगलादेशमा विद्युत व्यापार गर्ने सम्वन्धमा पनि समझदारी भएको नेपाली पक्षले दावी गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने घोषणा गर्नुभएको छ । दुई मुलुकबीच सीमा समस्या समाधान गर्ने विषयमा समेत छलफल भएको छ ।

भारतको दिल्लीमा महत्वपुर्ण भेटवार्ता पछि प्रधानमन्त्री दाहाल हिजो मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमणमा जानुभएको थियो । भारतकै सुन्दर र स्मार्ट सिटीका रुपमा परिचित इन्दौरको फोहर व्यवस्थापनको मोडलबारे बुझ्न प्रधानमन्त्री मध्यप्रदेश पुग्नुभएको हो । यस्तै अर्को शहर उज्जैनमा प्रधानमन्त्री दाहालले धार्मिक भ्रमण गर्नुभएको थियो । अहिले इन्दोरमा रहेका प्रधानमन्त्री दाहाल सहितको प्रतिनिधीमण्डल केहीबेरमा दिल्ली पुग्ने र अपरान्ह ४ वजे स्वदेश फर्किनुहुने उहाँको सचिवालयले जनाएको छ । 


प्रतिक्रिया