दिउंसो उडान नहुंदा सास्ती

श्रावण २३, २०८०

नागरिक उडडयन प्राधिकरणले दिउंसो साढे १२ बजेपछि आन्तरिक उडान बन्द गर्ने नियमले कर्णालीका यात्रु र हवाई संचालकलाई सास्ती भएको छ । मनसुन सिजन भएको प्राधिकरणले हवाई दुर्घटना न्यूनिकरण गर्न साउन दोश्रो साता देखि साढे १२ बजेपछि आन्तरिक उडान गर्न नपाउने नयाा नियम जारी गरेपछि सुर्खेत नेपालगञ्ज देखि मुगु हुम्ला, डोल्पा, लगायत हिमाली जिल्लामा उडान भर्दै आएका एयरलाइन्स कम्पनी संचालक र यात्रु मारमा परेका छन् ।

दैनिक ४ देखि ५ वटा उडान भर्दै आएका एयरलाइन्सलाई हिजो आज दिनमा एक उडान गर्न पनि मुश्किल भएको हाम्रा सहकर्मीले जनाएका छन् । वर्षामा हिमाली जिल्लामा ११ बजेसम्म कुहिरो लाग्ने र १२ बजेपछि मौसम खुल्ने समयमा हवाई उडान बन्द हुने नियमले तराई झर्ने र पहाड उक्लिने यात्रुलाई गन्त्ब्यमा पुग्न समस्या भएको छ । हिउादमा तराईमा बाक्लो हुस्सु लाग्ने र १२ बजेपछि मौसम खुल्दा प्राधिकरणको नियमअनुसार आन्तरिक उडान बन्द गर्नुपर्ने नियमले झन् सास्ती हुने देखिएको छ । 

रारा विमानस्थल प्रमुख रुमन भट्टराईले मध्यान्ह १२ बजेपछि बल्ल मौसम खुल्ने भएकाले प्राधिकरणको नियमले उडान नै नहुाने बताउनुभयो । अपरान्ह साढे १२ बजेपछि उडान नगर्नु भन्ने प्राधिकरणले परिपत्र गरेको उहांको भनाई छ । उडान नहुादा बिरामी र बुढापाढा मारमा परेको भट्टराईले बताउनुभयो । 


प्रतिक्रिया