पाल्पामा सुख्खा पहिरो खस्दा जीप सहित ४ जना पुरिए

भाद्र १३, २०८० | पाल्पा

पाल्पाको रिब्दीकोट गाउँपालिका २ देउराली जोर्ते सडक खण्डमा सुख्खा पहिरो खस्दा जीपमा सवार ४ जना पुरिएका छन् ।

गुल्मीबाट पाल्पा भएर बुटवल जाने क्रममा ४ जना पुरिएको र पाल्पाका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले बताउनुभयो ।

जीपमा सवार अन्य ४ जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । सो क्षेत्रमा सडक स्तरोन्नतीको काम समेत भईरहेको छ । 


प्रतिक्रिया