चार केजी सुनसहित ३ जना पक्राउ

आश्विन ११, २०८० | दोलखा

चार केजी अवैध सुनसहित पक्राउ परेका दोलखाका ३ जनाविरुद्ध प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । दोलखाको विगु गाउँपालिका–३ बाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएको ४ केजी सुनसहित उनीहरुलाई हिजो राती पक्राउ गरेको हो । विगु गाउँपालिका–१ का २८ बर्षिय केशर तामाङ, १८ बर्षिय पेम्बा तामाङ र २० बर्षिय माधव मगर पक्राउ परेका छन् । 

उनीहरुलाई दोलखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरिक्षक दिपक खड्काले बताउनुभयो । ठुलो परिमाणमा सुन पैदल मार्गबाट भित्रिएको हुन सक्ने भन्दै प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको छ । 


प्रतिक्रिया