नवलपरासीमा जिप दुर्घटना : मृत्यु भएका मध्ये ४ जनाको सनाखत

कार्तिक २६, २०८० | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको गोरे घुम्तीमा भएको जिप दुर्घटनामा मृत्यु भएका ६ मध्ये चार जनाको सनाखत भएको छ । एक जना गम्भीर घाइते भएका छन् । 

मृतक ६ मध्ये चार जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

दुर्घटनामा मृत्यु भएका पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका–६ का २९ वर्षीय जिप चालक छन बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वाटकी मगर र बुलिंङटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडाको सनाखत भएको प्रहरीले जनाएको छ । 

बौदीकाली गाउँपालिकाको माझ–डाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार जिपको ब्रेक फेल भएर दुर्घटना भएको हो । दलदले बजारबाट उत्तर एस मोडमा घुमाउँदा ब्रेल नलागेर जिप घरमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया