हिटर वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

मंसिर २५, २०८० | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

 मन्त्रालयले विशेष बुलेटिन जारी गर्दै जाडो याममा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्ने, हिटर चलाउने र गिजरको प्रयोग गर्दा अप्रिय घटनाहरु हुने सम्भावना बढी भएकाले सावधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको हो ।

 मन्त्रालयले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्रै हिटर चलाउन तथा कपडा कागजजस्ता छिटो जल्ने सामग्री नजिकै नराख्न समेत भनेको छ ।

 स्वास्थ्य मन्त्रालयले हिटरको प्रयोग गर्दा समय–समयमा बन्द गर्न र गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खु्ल्ला ठाउँमा जडान गर्न समेत आग्रह गरेको छ । 


प्रतिक्रिया