जलनको उपचार निःशुल्क गर्ने तयारी

कार्तिक ४, २०८१ | काठमाडौं

सरकारले जलनको उपचार निःशुल्क गर्ने तयारी गरेको छ । 

स्वास्थ्य मन्त्रालय अन्तर्गत चालू आर्थिक वर्षको आन्तरिक स्रोतबाट निःशुल्क उपचार हुने गरी व्यवस्था मिलाईएको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिनुभयो । यसअघि गत शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । 

कोशी प्रदेशमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा नारायणी अस्पताल वीरगञ्ज, बागमतीमा कीर्तिपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा जलनको उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाईएको स्वास्थ्य मन्त्रालयका सचिव पोख्रेलको भनाई छ ।

जलनका बिरामीको निःशुल्क उपचार जिल्ला तहका अस्पतालबाट गर्ने कार्यविधीमा उल्लेख छ । यस्तै जटिल बिरामीका लागि पाँच लाखसम्म उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । 

जिल्ला तहका अस्पतालमा उपचार हुन नसकेको अवस्थामा काठमाडौंको कीर्तिपुर, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा समेत जलनको उपचार हुने व्यवस्था गरिएको छ । 


प्रतिक्रिया