दाङमा उपचारका क्रममा बालकको मृत्यु भएपछि छानविन गर्न समिति गठन

चैत्र २, २०८० | दाङ

दाङमा उपचारको क्रममा ९ वर्षीय बालकको मृत्यु भएको विषयमा छानविन गर्न समिति गठन भएको छ । राजपुर गाउँपालिका–१ पटौली नाकाका नौ वर्षीय बालक सुरेश कँवरको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमाउपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा हिजो भएको सर्वदलीय, सर्वपक्षीय बैठकबाट घटनाको सत्यतथ्य पत्ता लगाउनसात सदस्यीय छानबिन समिति गठन भएको हाम्रा सहकर्मीले जनाएका छन् ।

अस्पताल र पीडित पक्षबीचसमझदारी परिवारले मृतकको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो ।

घाँटीमा समस्या भएपछि बुधबार विहान अस्पताल पुगेका बालकको उपचारका क्रममा मृत्यु भएको थियो । डाक्टरको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तहरु आन्दोलित भएका थिए । 


प्रतिक्रिया