डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाउन निर्देशन

माघ ९, २०८१

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सुख्खा मौसममा सामुदायिक जंगलहरुमा डढेलोको प्रकोप नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सरकारलाई निर्देशन दिएको हो । 

समिति सभापति कुसुमदेवी थापाले डढेलोको कारण मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभयो । यसैबीच, समितिले प्लास्टिकमुक्त देश बनाई वातावरण स्वच्छता राख्ने बिषयमा आगामी बैशाखदेखि काठमाडौं उपत्यकाबाट शुरु गर्ने गरी आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।


प्रतिक्रिया