विपिन जोशीको अवस्था अझै अज्ञात
माघ ९, २०८१
प्यालेस्टाइनको विद्रोही समूह हमास र इजरायलबीच युद्धविराम भएर बन्धक रिहाइ तथा आदानप्रदान सुरु भएपनि नेपाली नागरिक विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । जोशीलाई स्वदेश फिर्ता ल्याउन निरन्तर पहल गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कृष्णबहादुर ढकालले हमासले रिहाइ गरेको युद्धबन्दीमा जोशीको नाम नपरेको र उनलाई सकुशल ल्याउन कूटनीतिक च्यानल प्रयोग गरिरहेको बताउनुभयो ।
आइतबारबाट हमास र इजरायलबीच युद्ध विराम भएको थियो । सहमतिअनुसार बन्दी बनाइएका नागरिक छोड्ने प्रक्रिया अन्तर्गत हमासले ३३ जनालाई रिहाइ गरेको छ । जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कुटनीतिक पहल स्वरुप पछिल्लो पटक इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतीसँग टेलिफोन वार्ता गर्नुभएको थियो ।