राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको राजिनामा

चैत्र १४, २०८० | काठमाडौं

सहकारी ठगीको विषयमा पार्टी सभापति लामिछानेको आलोचना गर्दै आएका पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिनुभएको छ । गत वैशाखमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा बाराबाट चुनाव लडेका खरेलले अहिले आएर पार्टी परित्याग गर्नुभएको हो ।

पार्टी सभापति रवि लामिछानेको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले राजिनामा दिनुभएको बताइएको छ । पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गरिएको पत्रमा खरेलले भन्नुभएको छ–“सचेत रुपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ ।”

रास्वपाबाट बारामा उपनिर्वाचन लडेपनि पराजित भएपछि खरेलले एक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । आफ्नो टेलिभिजन कार्यक्रममा उहाँले सहकारी ठगीको बिषयलाई उठाएर गृहमन्त्री लामिछानेको चर्को आलोचना गर्नुभएको थियो ।    


प्रतिक्रिया