कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरिएकोप्रति निजी क्षेत्रको आपत्ति

जेष्ठ १०, २०८१ | काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् ।

तीनवटै व्यावसायीक संघ संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका हुन् ।

उनीहरुले कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार बन्नेमा स्पष्ट रहेपनि उजुरी परेकै भरमा पक्राउ गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने बताएका छन् ।

उनीहरुले राज्यको यस्तो व्यवहारले उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने उल्लेख गरेका छन् ।

उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनव्यवसायीहरुले आग्रह गरेका छन् । 


प्रतिक्रिया