१० वर्षे रणनीति बनाउँदै राजर्षी विश्वविद्यालय
जेष्ठ २२, २०८१
जनकपुरस्थित मुख्यालय रहेको राजर्षी जनक विश्वविद्यालयले १० वर्षे रणनीति बनाउन सुझाव संकलन थालेको छ । शैक्षिक गुणस्तरमा सुधार ल्याउदै प्राविधिक शिक्षाको हव बनाउने योजनामा रहेको विश्वविद्यालयले सरोकारबालासंग राय–सुझाव लिइरहेको छ ।
जनकपुरमा आज आयोजित गोष्ठिमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादवले सरोकारवालाले दिएको सुझावकै आधारमा १० वर्षे रणनीति बनाइने जानकारी दिनुभयो । राजर्षी जनक विश्वविद्यालयलाई प्राविधिक शिक्षाको हव बनाउनेगरी सुझाव संकलन भइरहेको उहाँले बताउनुभयो ।
विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहले राजर्षी जनक विश्वविद्यालयलाई अगाडी बढाउन सबैको साथ–सहयोग आवश्यक रहेको बताउनुभयो ।