जेष्ठ नागरिकहरुमाथि दुर्ब्यवहारका घटना बढ्दै गयोः मानवअधिकार आयोग

असार १, २०८१ | काठमाडौं

राष्ट्रिय मानव अधिकार आयोगले जेष्ठ नागरिकहरुमाथि दुर्ब्यवहारका घटना बढ्दै गएको बताएको छ ।

आयोगले ज्येष्ठ नागरिकहरुमाथि दुर्ब्यवहारका घटना बढ्दै जानु दुःखद पक्ष भएको जनाएको छ ।

आयोगका अनुसार नेपालमा जेष्ठ नागरिकहरुमाथि हुने दुव्र्यवहारका घटनामा कानूनी कारवाही विरलै हुने गरेको छ ।

आयोगले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, स्वास्थ्य उपचार र यातायातमा छुट सुविधा तथा सिट आरक्षण लगायतमा जेष्ठ नागरिकले सहज सेवा लिन नपाएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यसैबीच, जेष्ठ नागरिक दुव्र्यवहार विरुद्धको १९ औं विश्व चेतना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । 


प्रतिक्रिया