लागूऔषध कोकिनसहित दुई विदेशी पक्राउ

असार २०, २०८१ | काठमाडौं

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ठमेलस्थित एक होटलबाट कोकिनसहित तान्जानियाका दुई नागरिकलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक किलो दुई सय ४७ ग्राम कोकिन बरामद भएको ब्यूरोले जनाएको छ । प्लास्टिक कोटेड कोकिनका ७२ थान क्याप्सुल उनीहरुले इथियोपियामा पुगी निलेर काठमाडौं आएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ । 

उनीहरुको साथबाट बरामद लागूऔषधको बजार मूल्य ४ करोड ३७ लाख बराबर रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया