प्रधानको संसदीय सुनुवाई स्थगित

असार २०, २०८१ | काठमाडौं

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाई स्थगित गरिएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिको आजको बैठकले प्रधानको संसदीय सुनुवाइ तत्काल नगर्ने निर्णय गरेको हो ।

संसदीय सुनुवाई समितिको बैठक बसेपनि उजुरीकर्ताहरूको धारणा सुनेसँगै सुनुवाई स्थगित गरिएको हो । 

बैठकबारे जानकारी गराउँदै समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बैठकमा उजुरीकर्ताहरूसँग सोधपुछ भएको र उजुरीकर्ताले आफ्ना धारणा राख्ने काम भएको बताउनुभयो । 

उजुरीकर्ताहरूले राखेको धारणामा विचारविमर्श गर्न थप समय चाहिने भएकाले अनिश्चितकालका लागि सुनुवाई स्थगित गरेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया